२२ फाल्गुन २०८२, शुक्रबार
डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । गोरखा-२ बाट उम्मेदवारी दिएका भट्टराईले उम्मेदवारी फिर्ता लिएका हुन् ।
उम्मेदवारी फिर्ता लिने विषयमा आफूनिकटका नेताहरुसँग छलफलपछि भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् ।


डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित अन्य दलका नेताहरुले आग्रह गरेपछि उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताइएको छ ।
प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका भट्टराई यसपाली सहयोग गर्न भन्दै रास्वपा सभापति रवि लामिछानेले फोन गरेका थिए । गोरखा–२ मा रास्वपाबाट कविन्द्र बुर्लाकोटी उम्मेदवार छन् । लामिछानेसँगै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले पनि भट्टराई सहयोग गर्न आग्रह गरेका थिए । भट्टराई पनि उम्मेदवारी फिर्ता लिएर रास्वपालाई सघाउने मनसायमा देखिएको भट्टराई निकट स्रोतले बताएको छ ।