आशिका भन्छिन्- हल्लाको पछि नलागौं, उम्मेदवारी फिर्ता लिएको छैन

होमल्याण्ड खबर

२०८२ माघ १० गते, शुक्रबार १४:५८ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ- १ मा उम्मेदवार बनेकी अभियन्ता आशिका तामाङले आफुले उम्मेदवारी फिर्ता नलिएको स्पष्ट गरेकी छन् ।

यसअघि निर्वाचन अधिकृतको कार्यालयमा इमेल र फोन गर्दै उम्मेदवारी फिर्ता लिने जानकारी दिएकी आशिकाले  सामाजिक सञ्जालमा लेख्दै आफुले उम्मेद्वारी फिर्ता नलिएको स्पष्ट गरेकी हुन् ।

उनले भनेकी छन्- ‘हल्लाको पछि नलागौं, चुनाब जित्न उठेको म उम्मेद्बारी फिर्ता होइन जनताको प्रतिनिधि बनेर आउछु म ।’

उनले इमेल र फोनमा उम्मेदवारी फिर्ता लिने भनेपछि निर्वाचन अधिकृतको  कार्यालयले स्वयं उपस्थित भएर सनाखत गर्न आग्रह गरेको थियो ।