रेशमको उम्मेदवारी खारेज गर्ने निर्णय पूर्वाग्रही र अस्वीकार्य : राजेन्द्र महतो

होमल्याण्ड खबर

२०८२ माघ १० गते, शुक्रबार १६:३१ मा प्रकाशित

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय अस्वीकार्य हुने बताएका छन्। आयोगका निर्णय पूर्वाग्रही र अस्वीकार्य भएको उनको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारद्वारा आम माफी पाएका थुप्रै नेताहरू निर्वाचनमा भाग लिदै आएका छन। तर उनको हकमा यस्तो पक्षपातपूर्ण निर्णय आउनु गम्भीर चिन्ताको विषय हो।

यसले न केवल एक व्यक्तिको राजनीतिक अधिकार खोसेको छ, बरु थारु, आदिवासी जनजाति र मधेशी जनताको मताधिकार, प्रतिनिधित्व र आत्मसम्मानमाथि नै प्रहार गरेको छ। यस्तो कार्यले निष्पक्ष निर्वाचनको अवधारणालाई उपहास गरेको छ।’

निर्वाचन आयोगको उक्त निर्णयको विरोध जनाउँदै तत्काल पुनर्विचार गरी चौधरीको उम्मेदवारी कायम गर्न माग गरेको छ। रामुपा नेपाल, जसपा र नाउपा नेपालबीच आसन्न निर्वाचनमा एकल चुनाव चिन्ह जाँतो प्रयोग गर्ने सहमति भएको छ।