२२ फाल्गुन २०८२, शुक्रबार
राष्ट्रियसभाका रिक्त सदस्य चयन गर्न मतदान जारी छ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट रिक्त हुने भएपछि आइतबार निर्वाचन भएको हो । रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको छ।
बाँकी १७ पदका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम आइतबार साँझसम्म आइसक्ने निर्वाचन आयोगले जनाएको छ । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका राजधानीस्थित तोकिएको मतदानस्थल तथा मतदान केन्द्रमा मतदान भएको हो ।


राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य,नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ रहेको छ ।