फागुन २१ मा नेकपाले बहुमत ल्याउँछ, त्यसपछि कोही बेरोजगार बस्नुपर्दैन : वामदेव गौतम

होमल्याण्ड खबर

२०८२ माघ १४ गते, मंगलवार १५:३३ मा प्रकाशित

 नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्।

क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरू सही बाटोमा हिँडिरहेको जिकिर गरे।

उनले भने, ‘जेनजी विद्रोहलाई पनि शान्तिमा ल्याउनसक्ने क्षमतासहित हाम्रो पार्टी आएको छ। फागुन २१ को चुनावमा बहुमत ल्याउँछ, बहुमत ल्याउनासाथ समाजवादको आधार कस्तो हुन्छ हामीले देखाइदिनेछौँ।

उनले कुनै व्यक्ति बेरोजगार भएर बस्नुपर्ने अवस्थाको सदाको लागि अन्त्य गरिदिने बताए।