अर्यालको संयोजकत्वमा रास्वपाले बनायो निर्वाचन सम्पादन समिति

होमल्याण्ड खबर

२०८२ माघ १६ गते, बिहीबार ११:५५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ ।

रास्वपाले उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन सम्पादन समिति गठन गरेको हो । समितिको सदस्य सचिवको जिम्मेवारी शंकर श्रेष्ठलाई दिइएको छ ।

समितिमा सात प्रदेशबाट एक एक जनालाई प्रदेश समन्वय सचिव बनाइएको छ । जसमा कोशी प्रदेशमा उपेन्द्र पाण्डे, मधेश प्रदेशमा डा. नमिता यादव, बागमती प्रदेशमा सरिता ज्ञवाली, गण्डकी प्रदेशमा तोयाराज अधिकारी, लुम्बिनी प्रदेशमा अर्जुन अधिकारी, कर्णाली प्रदेशमा श्यामबाबु गौतम र सुदूरपश्चिममा डा. कृष्ण भेटुवाललाई प्रदेश समन्वय सचिवको जिम्मेवारी दिइएको छ ।