दाङबाट काठमाडौं जाँदै गरेको बस चितवनमा दुर्घटना

होमल्याण्ड खबर

२०८२ माघ १७ गते, शुक्रबार ११:५२ मा प्रकाशित

चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। दाङबाट काठमाडौं जाँदै गरेको बस शुक्रबार बिहान करिब ३ बजेर १० मिनेट जाँदा घुमाउने भन्ने स्थानमा पल्टिएको हो।

घाइतेहरूलाई उद्दार गरी उपचारका लागि भरतपुरलगायत विभिन्न अस्पतालमा पठाइएको चितवन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना, पुरानो मेडिकल कलेजमा १३ जना, मौलाकालिका अस्पतालमा १५ जना र जनता केयर अस्पताल मुग्लिङमा ६ जनाको उपचार भइरहेको छ।

अधिकांश घाइतेहरूको टाउको,हात खुट्टा र कम्मरमा चोटपटक लागेको छ। प्रहरीका अनुसार लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको बस आफै अनियन्त्रित भइ सडकमा पल्टिएको हो।