रास्वपाले फागुन पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने

होमल्याण्ड खबर

२०८२ माघ १९ गते, आईतवार १५:३२ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

रास्वपा कोषाध्यक्ष लिमा अधिकारीले जनताको एजेण्डा समावेश गरेर चुनावी घोषणापत्र तयार भइरहेको भन्दै फागुनको पहिलो साता सार्वजनिक गर्ने तयारी भएको जानकारी दिइन् ।

अधिकारीले पाँच वर्षमा महत्वपूर्ण पाँच क्षेत्रमा काम गर्ने गरि घोषणापत्र जारी हुने उल्लेख गरे । जसमा जेनजीका एजेण्डालाई समेट्ने र सुशासनको विषय मुख्य मुद्दा हुने उनको भनाइ छ ।

अधिकारीले भ्रष्टाचारको अन्त्य, आर्थिक सुधारको एजेण्डाका साथै सरकारमा गएको १०० दिनमा १०० वटा प्रमुख कार्यहरु गर्ने र त्यसका लागि नीतिगत सुधारका खाका सार्वजनिक गरिने धारणा राखिन् ।