२२ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा(पीएस) गुरुङले लमजुङबाट आफूले चुनाव जित्ने दाबी गरेका छन् ।
मंगलबार प्रेस चौतारी नेपालले गरेको साक्षात्कारमा बोल्दै गुरुङले आफू चुनाव जितेरै आउने दाबी गरे ।


‘लमजुङमा मैले चुनाव हार्नुपर्ने कारण छैन, चुनाव जितेर आउँछु’, गुरुङले भने,‘लमजुङमा धेरै योजनाहरू अधुरा छन्,ती योजना र सपना पूरा गर्न पनि मतदाताले आफूलाई विश्वास गर्छन् ।’
एमालेका उपाध्यक्ष समेत रहेका गुरुङले आफू जितेपनि हारे पनि जिल्लामा निरन्तर काम गरिरहेको दाबी गरे ।