अबको ३ महिनाभित्र जनकपुरमा रेल गुड्नेः मन्त्री रघुवीर

होमल्याण्ड खबर

२०७५ पुष १६ गते, सोमबार १०:१३ मा प्रकाशित

अबको ३ महिना भित्र जनकपुरमा रेल गुड्ने भएको छ ।

मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा यातायातमन्त्री रघुवीर महासेठले अबको ३ महिनामा ३५ कि.मि को जनकपुर जयनगर खण्डमा नेपालको राष्ट्रिय ध्वजावाहक रेल गुड्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले २ वटा रेल किन्ने अन्तिम तयारी भइसकेको जानकारी गराएका हुन् । एकैचोटी खरिद गरिने उक्त रेलहरुमा एउटा ३ महिनाभित्र नै आउने भएको छ भने अर्को त्यसको एक महिनामा आउने बताएका छन् ।

रेल नेपाल र भारत सरकारबीच  खरिद हुने भएको छ । जयनगर, जनकपुर तथा बर्दिबास ब्रोडगेज रेलमार्ग निर्माणधीनको लागि १० अर्ब रुपया लागत लाग्नेछ ।  रेलको मुल्य एउटाको ५० करोड लाग्ने बताइएको छ । उक्त आधुनिक रेलले माल मात्र नभइ १२ सय यात्रु पनि बोक्नेछ ।

विस्तारै रेल सिमित ठाउँहरुमा मात्र नभइ काठमाडौं वीरगञ्ज रेलमार्ग पनि हुने संभाव्यता अध्यनको लागि भारतिय परामर्शदाताहरुबाट अनुसन्धानको कामहरु भइरहेको र केरुङ काठमाडौंको अध्यन चिनबाट भइरहेको विभागले जनाएको छ ।