म तपाईहरुकाे शिर निहुरिन दिने छैन : नैनसिंह महर

होमल्याण्ड खबर

२०८२ माघ २१ गते, मंगलवार १६:०९ मा प्रकाशित

नेपाली काँग्रेसको राष्ट्रिय राजनितिमा लामो समय आवद्ध रहि नेविसंघको केन्द्रिय अध्यक्ष, शिक्षा विभाग प्रमुख र १४औं महाधिवेशनमा सर्वाधिक मत प्राप्त गर्दै केन्द्रिय सदस्य समेत रहेका नैनसिंह महर यतिवेला मतदाता भेटघाटलाई तिव्रता दिईरहेका छन ।

महरले शनिबार देखि सोमबार सम्म आफु जन्मेको भागेश्वर गाउँपालिका–३ लामिकान्डे, आफुले शिक्षा,दिक्षा आर्जन गरेको रुपाल लगाएतका भागेश्वर गाउँपालिकाका विभिन्न क्षेत्रमा मतदाताहरुलाई भेटे ।

कतिपयले संगै पढेको शाथी आज काँग्रेस जस्तो महत्वपुर्ण पदमा माननियको टिकट लिएर आएकोमा खुशि व्यक्त गरे, कतिपयले बालापनमा देखेका महरलाई आफुले भोट दिएर जिताए यस क्षेत्रको ठुलो मान्छे बन्ने कुराले खुशी छाएको छ ।

भागेश्वरका महाकाली सम्म फैलिएका जाक,लिम लगाएतका बस्तीहरु हुन वा जिल्ला सदरमुकाम सम्म रहेका बगरकोट ,शिराड लगाएतका बस्तीहरु होउन महरको उम्मेदारी पार्टीबाट परेको कुरा समाचारमा सुनेदेखिनै आशा पलाएको मतदाताहरुको भनाई थियो ।

काँग्रेसको संस्थापनकालिन नेता एन.डि प्रकाश चटौतको गृहपालिका पनि हो ,तर दुर्भाग्यवस चटौतको हवाईजहाज दुर्घटनामा २७ वर्षको कलिलो उमेरमा निधन भयो ।
महर अहिले २०४८–२०७९ सम्म निर्वाचन जित्दै आएका शेरवहादुर देउवाको चुनावी क्षेत्रमा छन जहाँ २०१५मा पहिलो आम निर्वाचन नेपाली काँग्रेसकि उम्मेदवार द्धवारिका देवि ठकुरानीले जितेकि थिईन । एकातिर समुदायका तमामन समस्या र अर्कातिर प्रजातान्त्रीक व्यवस्थालाई बलियो बनाएर अघाडी बढाउन चुनाव जित्नै पर्ने जिम्मेवारी महरको काँधमा छ ।
महरको ईतिहाँस राजनिति संग मात्र जोडिएको छैन,उनि पत्रकार महासंघ डडेल्धुराको संस्थापक भई कान्तिपुर लगाएत थुप्रै सञ्चार माध्यम संग आवद्ध थिए,लेखक र समालोचक पनि हुन । राज्यको शासन व्यवस्था ,प्रणाली र संरचना निमार्ण गर्ने ठाउँमा रहेका महर कार्यान्वयन गर्ने ठाउँमा पहिलो पटक पुग्ने गरि निर्वाचनमा होमिएका छन । समाजमा स–सानो कुरा देखि महत्वपुर्ण बिषयमा समस्याहरु छन ।

खानेपानीको पाईप देखि उज्यालो भागेश्वर सम्मका तमामन बिषयमा आवाज उठाउनु पर्ने माग स्थानीयको छ ।
महाकाली नदीको किनारका बस्तीहरु सामाजिक शुरक्षा भत्ता बुझन ठुलो पैशा खर्च गर्नुपर्ने अवस्था छ । यहाँका यि महत्वपुर्ण समस्याको समाधानका लागि महरले भरपुर प्रयास गरेर समाधानको बाटोमा हिड्ने प्रतिवद्धा जनाउँदै भनेका छन म तपाईको शिर निहुरिन दिने छैन । जेनजी पुस्ताले खोजेको विकास र अधुरा अपुरा योजनाहरु पुरागर्ने जिम्मेवारीका साथ २१ फागुनमा हुने निर्वाचनमा काँग्रेसवाट चुनाव लडिरहेका महर संगै विभिन्न राजनैतिक दल र स्वतन्त्र सहित डडेल्धुरावाट१३जनाउम्मेदवार चुनावी प्रतिष्पर्धामा छन ।