गगन थापा पहिलोपटक पोखरामा, मुख्यमन्त्री पाण्डेले गरे स्वागत

होमल्याण्ड खबर

२०८२ माघ २४ गते, शुक्रबार ११:५९ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति गगन थापा पोखरा आइपुगेका छन्।

विशेष महाधिवशेनबाट सभापति भएपछि पहिलोपटक पोखरा झरेका उनलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितका नेताहरुले पोखरा विमानस्थलमा स्वागत गरेका छन्।

गण्डकीका मुख्यमन्त्री पाण्डे विशेष महाधिवेशनको विपक्षमा थिए।

एयरपोर्ट पुगेका पाण्डेसँग सभापति थापाले खुलेर कुराकानी मात्र गरेनन्, कदममा कदम पनि मिलाए।

सभापति थापा केही बेरमा नेपाली कांग्रेस कास्कीले चिप्लेढुंगाको पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा सहभागी हुनेछन् भने लगत्तै कांग्रेस गण्डकीको बैठकमा सामेल हुँदै छन्।

त्यसपछि चाहिँ उनले गण्डकी क्षेत्रका विभिन्न जिल्लाका नेता/कार्यकर्ता एवं उम्मेदवारहरुसँग छलफल गर्ने कार्यक्रम छ।