२२ फाल्गुन २०८२, शुक्रबार
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।
प्रसाईंलाई प्रहरीले शुक्रबार दिउँसो काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो। शान्ति सुरक्षामाथि खलल पुर्याएको भन्दै उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।


प्रसाईं यसअघि माघ ५ गते पनि पक्राउ परेका थिए। उनी माघ ६ गते नै हाजिर जमानीमा रिहा भएका थिए ।