२२ फाल्गुन २०८२, शुक्रबार
रामेछापको सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा बसका चालक सहित ६ जना घाइते भएका रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए ।
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट तामाकोशी नदीमा खसेको हो ।


रामेछापका प्रहरी नायब उपरीक्षक भट्टका अनुसार बस नदीमा डुबेकाले यात्रुको उद्धारमा कठिनाइ भइरहेको छ । उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।