२२ फाल्गुन २०८२, शुक्रबार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आफ्ना निकटलाई कारबाही नहोस् भन्ने तर अरूलाई मात्रै कारबाही हुनुपर्छ भन्ने प्रवृत्ति गलत भएको बताएका छन्। अख्तियारको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आयोगको सुझाव सरकारले कार्यान्वयन नगरेको गुनासो गरे।
भ्रष्टाचार नियन्त्रण आयोग एक्लैले गर्न नसक्ने उल्लेख गर्दै उनले सबै निकायको सक्रिय र सामूहिक प्रयास आवश्यक रहेको बताए। दण्डात्मक उपाय मात्र पर्याप्त नहुने भन्दै राईले भ्रष्टाचारको कारण नै रोक्न निरोधात्मक कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिए। अख्तियारमा आउने उजुरीमध्ये आधाभन्दा बढी स्थानीय र प्रदेश तहसँग सम्बन्धित रहेको उनले जानकारी दिए।

