२२ फाल्गुन २०८२, शुक्रबार
रौतहटको गौर नगरपालिकामा दुई समुदायबीच झडप हुँदा तनाव सिर्जना भएको छ। सबगढा गाउँमा बिहीबार राति एक हिन्दू समुदायको विवाहमा बाजा बजाउँदै जन्ती गएको थियो। सबगढा गाउँमा रहेको मुस्लिम समुदायको मस्जिदमा रातिको समय नवाज पढिरहेको बेला बाजा बजाएको विषयलाई लिएर विवाद भएको थियो ।
त्यही विषय लिएर आज बिहानै देखी पुनः दुई समुदायबीच झडप भएको हो। दुई पक्षबीच ढुङ्गा हानाहान भएपछि स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। स्थानीय प्रशासनले शान्ति–सुरक्षा कायम गर्न अपिल गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

