२२ फाल्गुन २०८२, शुक्रबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एमालेको झण्डा आफूहरुले नजलाएको जनाएको छ । उसले एमालेको झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग समेत गरेको छ ।
एमाले दाङ जिल्ला अध्यक्ष शिव कुमार आचार्यले विज्ञप्ति जारी गर्दै रास्वपा कार्यकर्ताहरुले एमालेको झण्डा जलाएको आरोप लगाउँदै ‘अपरिपक्वताको पराकाष्ठा’ भनेका थिए ।


रास्वपा सभापति रवि लामिछानेले भने एमालेको आरोपको खण्डन गरेका छन् ।
