२२ फाल्गुन २०८२, शुक्रबार
आगामी बिहीबार प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ । मतदातालाई मतदान स्थलमा जान कसैले पनि रोक्न हुँदैन ।
‘कसैले पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौंडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन हुँदैन’ निर्वाचन आचासंहितामा भनिएको छ । यस्तो कार्य गरे २५ हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।


मतदाताले पनि एकभन्दा बढी पटक मतदान गर्न हुँदैन ।निर्वाचन आयोगका अनुसार एक व्यक्तिले एकपटक भन्दा बढी मतदान गरे २५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।