२१ फाल्गुन २०८२, बिहीबार
प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदान शुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान शुरु भएको जानकारी दिएको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘भर्खरै ७ बजेदेखि देशव्यापी रुपमा मतदान शुरु भयो । सबैतिर निर्वाध ढंगले मतदान शुरु भएको छ ।’


मतदाताहरुले आज अपराह्न ५ बजेसम्म मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगले मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र, राहदानी र लालपूर्जा देखाएर मतदान गर्न पाइने जनाएको छ ।