दोलखामा हवाई फायर, मतदान राेकियाे

होमल्याण्ड खबर

२०८२ फाल्गुन २१ गते, बिहीबार १०:३८ मा प्रकाशित

दोलखामा हवाई फायर भएको छ । मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हवाई फायर भएको पुष्टि गरे ।

‘निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको हो । अहिले सामान्य नाराबाजी भइरहेको छ,’ आलेले  भने ।

फाइल तस्बिर