ओखलढुंगाको मानेभञ्ज्याङ-७ का स्थानीयले गरे मतदान बहिष्कार

होमल्याण्ड खबर

२०८२ फाल्गुन २१ गते, बिहीबार ११:४९ मा प्रकाशित

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् । प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीका अनुसार, बिहान १० बजेसम्म कोही पनि मतदाताले मतदान नगरेको जानकारी दिए ।

उनका अनुसार, मानेभन्ज्याङ–७ को शहीद स्मृति आधारभूत विद्यालयमा रहेको केन्द्रमा कोही पनि मतदाता मतदानमा सहभागी नभएका हुन् ।

सो केन्द्रमा मतदान गर्ने मतदाताको संख्या ७०१ जना रहेको छ । ‘अहिलेसम्म कोही पनि मतदाता पुग्नुभएको छैन । कसैले पनि मत खसाल्नुभएको छैन,’ सीडीओ मंग्रान्तीले भने ।

उनका अनुसार, प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभएको भन्दै स्थानीय आक्रोशित थिए ।