बालेनको सचिवालयले भन्यो- सुरक्षाको इस्यू देखाएपछि हेलिकोप्टर काठमाडौं फर्काइएको हो

होमल्याण्ड खबर

२०८२ फाल्गुन २१ गते, बिहीबार १२:१४ मा प्रकाशित

रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौं फर्काइनुमा सुरक्षाको कारण देखाइएको छ ।

सुरक्षाका कारण झापामा अवतरण नगर्न सुझाव आएपछि हेलिकोप्टर फर्काइएको बालेनको सचिवालयले बतायो ।

बालेनका निकट सहयोगी कुमार बेनले गर्दै भने, ‘हामीले हिजै निर्वाचन आयोगसँग हेलिकोप्टर प्रयोगको अनुमति लिइसकेका थियौं । तर, आज उडान भइसकेपछि सुरक्षाको इस्यूले गर्दा यता ल्यान्ड नगरिदिनु होला, निर्वाचनमा समस्या पर्न सक्छ भनेर अनुरोध गरियो । त्यसैले फिर्ता भएका हौं ।’

आफूहरु झगडा गर्ने र तनाव निम्त्याउने मुडमा नभएकाले बीचबाटै फर्किएको उनको भनाइ छ ।