२१ फाल्गुन २०८२, बिहीबार
नेपाली कांग्रेसका सभापति गगन थापा काठमाडौंमा मतदान गरेर सर्लाही पुगेका छन् । सभापति थापा सर्लाही-४ बाट प्रतिनिधिसभा उम्मेदवार छन् ।
जहाँ थापा र रास्वपा उम्मेदवार अमरेशकुमार सिंहबीचमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।


यसैक्रममा सभापति थापा सर्लाही पुगेर मतदान केन्द्रहरूको निरीक्षणमा पनि निस्किसकेको उनको सचिवालयले जनाएको छ ।