२२ फाल्गुन २०८२, शुक्रबार
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।
शुक्रबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार कुल ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७१९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।


उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सबुज बनियाले ६ हजार ६४७ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार अमन मास्केले ४ हजार ३७३ मत पाएका छन्।
फराकिलो मतान्तरसहित खनालले प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै काठमाडौं–६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। यसअघि पनि खनाल यही क्षेत्रबाट निर्वाचित भएका थिए।