२५ फाल्गुन २०८२, सोमबार
गोरखा १ मा चुनावी प्रतिस्पर्धा गरेका सुधन गुरुङले प्रतिस्पर्धीभन्दा दोब्बर मतको अग्रता लिइरहेका छन् । ६४ हजार ५ मत खसेको सो क्षेत्रको ५७ हजार ७१५ मत गणना गरिसक्दा उनले २६ हजार ५२२ मत ल्याई अग्र स्थान कायम गरेका छन् ।
दोस्रो प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १४ हजार ३७० मत प्राप्त गरेका छन् भने अर्का प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले १० हजार ५८९ मत प्राप्त गरेका छन् । एमालेका आरसी लामिछाने ३ हजार ४१७ मत प्राप्त गरेर चौथो स्थानमा छन् ।


५७ हजार ७१५ मत गन्दा १ हजार ८१५ मत बदर भएको छ ।