२८ फाल्गुन २०८२, बिहीबार
राप्रपाका पूर्वअध्यक्ष कमल थापाले रास्वपा र रास्वपाका वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका दाबेदार बालेन शाहलाई सघाउन तयार रहेकाे भन्दै नयाँ राजनीतिक कार्ड फालेका छन्।
थापाले सामाजिक सञ्जालमार्फत संविधान संशोधनको शक्तिशाली हैसियतमा पुग्न संसदमा दुई-तिहाइ बहुमतका लागि बालेन नेतृत्वको भावी सरकारलाई २ सिट मात्र पुग्न नहुने विश्लेषण गर्दै राप्रपाको ५ सिट निर्णायक हुने दाबी गरेका हुन्।


उनले भनेका छन्, ‘रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमतको निम्ति २ सिट कम छ।यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदहरूको पूर्ण सहयोग रहने छ ।’