राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु

होमल्याण्ड खबर

२०८२ चैत्र १ गते, आईतवार १३:१३ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।

बैठक पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको हो। बैठकमा समानुपातिकतर्फका प्रतिनिधि सभा सदस्यको नाम टुंगो लगाउने मुख्य एजेन्डा रहेको बताइएको छ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेपछि दलहरूले समानुपातिकतर्फका सांसदको नाम निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले राप्रपाले आजै नाम टुंगो लगाउने तयारी गरेको नेताहरूले बताएका छन्।

बैठकमा शीर्ष नेतासहित केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ।

प्रतिनिधि सभा निर्वाचनमा राप्रपाले समानुपातिकतर्फ ४ सिट पाएको छ ।