सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

होमल्याण्ड खबर

२०८२ चैत्र २ गते, सोमबार ११:१० मा प्रकाशित

साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक सय रुपैयाँले बढेर तीन लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला ५२६५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ६५ हजार ३ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४५१४ रुपैयाँ कायम भएको छ ।