प्रधानमन्त्री कार्की र नेकपाका नेताबीच भेटवार्ता

होमल्याण्ड खबर

२०८२ चैत्र ४ गते, बुधबार १२:२७ मा प्रकाशित

प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन्।

नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवम् उपसंयोजक माधवकुमार नेपाललगायत नेतासँग निर्वाचन र समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्रीले छलफल गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईँहरुले निर्वाचनमा भाग लिइदिनुभयो। यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो। यसका निम्ति धेरै धन्यवाद छ।’