४ चैत्र २०८२, बुधबार
संसद सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुलाई यही चैत १२ गते शपथ खुवाउने तयारी गरेको छ । २१ फागुनमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका आएका प्रत्यक्ष १६५ र समानुपातिकतर्फ १२५ सांसदलाई १२ गते शपथ खुवाउने तयारी भएको हो ।
सचिवालयका सचिव डा. रोजनाथ पाण्डेका अनुसार निर्वाचन आयोगले आधिकारिक रूपमा निर्वाचनको परिणाम र सदस्यको विवरण बुझाएपछि सचिवालयले आफ्नो प्रक्रिया शुरू गर्ने छ । निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन प्रस्तुत गर्दैछ ।


सम्भवतः आयोगले संसद सचिवालयलाई बिहीबार नै नवनिर्वाचित सदस्यको नामावली दिनेछ । त्यसपछि सचिवालयले ती सदस्यका नाममा शपथमा उपस्थित हुनका निम्ति ७ दिने सूचना जारी गर्दै शपथ समारोहमा उपस्थितिका निम्ति राष्ट्रपतिको समय माग गर्दै पत्राचार गरिने भएको छ ।