३० कार्तिक २०८१, शुक्रबार
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमशेर जबरा संसदीय समितिबाट सर्वसम्मत रुपमा अनुमोदित भएका छन् ।
आज बसेको संसदीय सुुनुवाइ विशेष समितिको बैठकबाट राणा अनुमोदित भएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् । यसको जानकारी आज नै सम्बन्धित निकायमा पठाइने उनले बताए ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने प्रावधान छ ।
यसअघि सुनुवाइका क्रममा आइतबार जबराले १५ पृष्ठ लामो कार्ययोजनासहितको अवधारणपत्र प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको अवधारणापत्रमा सर्वोच्चको प्रधानन्यायाधीश भए संविधान कार्यान्वयनप्रति प्रतिबद्धता जनाउँदै भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइने दाबी गरेका छन् ।