१० बैशाख २०८३, बिहीबार
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ। सभाका अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बैठक बसेको हो।
बैठकमा आगामी अधिवेशनको पूर्वतयारी, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरुको समिति विभाजनलगायतका विषयमा छलफल भइरहेको छ।


बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख सचेतक, सचेतक र प्रतिनिधिहरुको सहभागिता रहेको छ।