प्रधानन्यायाधीश जबराले आज शपथ लिँदै

होमल्याण्ड खबर

२०७५ पुष १८ गते, बुधबार १०:३५ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पद तथा गोपनियताको सपथ लिने भएका छन् ।

संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकले प्रधानन्यायाधीशका रुपमा जबराको नाम अनुमोदन गरेपछि उनले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन् ।

जबराले बुधबार बिहान सवा १० बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय भएको छ ।

शपथ ग्रहण गरेसँगै जबराले पदभार सम्हाल्ने कार्यक्रम तय भएको सर्वोच्च अदालतले जानकारी दिएको छ । जबरा २८औं प्रधानन्यायाधीशका रूपमा सर्वोच्च प्रवेश गर्दै छन् ।

जबराले ३ वर्ष ११ महिना प्रधानन्यायाधीशको रूपमा काम गर्नेछन् ।

३० चैत ०५२ मा पुनरावेदन अदालत विराटनगरमा अस्थायी न्यायाधीश सिफारिस भएका उनले ०७१ मा सर्वोच्चमा प्रवेश पाएका थिए ।