१० बैशाख २०८३, बिहीबार
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ । महामन्त्री पौडेलले आज सामाजिक सञ्जालमा एक वक्तव्य जारी गरी जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गतेका घटना छानविनका लागि गठित आयोगबाट प्राप्त भएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको हो ।
महामन्त्री पौडेलले आइतबार सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीले प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय गरेको स्मरण गराउनुभयो । उहाँले सरकारलाई

