सांसद शपथ ग्रहणपछि रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

होमल्याण्ड खबर

२०८२ चैत्र १२ गते, बिहीबार १०:३२ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीयसमिति बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको हो ।

बैठकमा संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्न लागेको जनाएको छ ।

बैठकपछि संसदीय दलको बैठक बसेर नेता चयन गरिनेछ ।रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक गरेर संसदीय दलको नेतामा बालेन्द्र साहलाई नेता चयन गर्ने बताइएको छ ।

आज संसदीय दलको नेता चयन भएपछि भोलि शुक्रवार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने छन् ।