ब्रिज कोर्स बन्द सूचना हटेपछि मन्त्रालयको स्पष्टीकरण : निर्णय कायम नै

होमल्याण्ड खबर

२०८२ चैत्र १६ गते, सोमबार १४:१३ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्स बन्द गर्ने सूचना वेबसाइटबाट हटाएपछि देखिएको अन्योलबारे स्पष्टिकरण दिएको छ ।

मन्त्रालयले आइतबार सार्वजनिक गरेको निर्णयअनुसार विद्यालय तथा उच्च शिक्षामा भर्नाअघि सञ्चालन हुने ब्रिज कोर्स र तयारी कक्षा वैशाख १, २०८३ देखि बन्द गर्ने भनिएको थियो ।

तर सोमबार उक्त सूचना वेबसाइटबाट हटेपछि विभिन्न प्रश्न उठेका छन् ।

मन्त्रालयले भने निर्णय फिर्ता नभएको दाबी गर्दै सूचनाको भाषा र प्राविधिक पक्ष मिलाउनका लागि मात्र हटाइएको जनाएको छ ।

प्रवक्ताका अनुसार परिमार्जनपछि सूचना पुनः वेबसाइटमा राखिनेछ । निर्णय यथावत रहेको र नीति परिवर्तन नभएको मन्त्रालयको भनाइ छ ।