१० बैशाख २०८३, बिहीबार
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम आज चितवन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित विक्रम बाबा पूजा स्थल पुगेकी छन् । चितवन क्षेत्र नं. ३ अन्तर्गत पर्ने उक्त स्थलमा आयोजित विक्रम बाबा मेलामा सहभागी हुँदै मन्त्री गौतमले थारु समुदायसँग जोडिएको प्रकृति–पूजाको परम्पराको महत्त्वबारे उल्लेख गरेकी छन् ।