३० कार्तिक २०८१, शुक्रबार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले चाँडो महाधिवेशन नगरे पार्टी कमजोर हुने बताएका छन्।
बुधबार नेपाल प्रेस युनियन मोरङले अयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले यस्तो धारणा राखेका हुन्।
जतिसक्दो चाँडो महाअधिवेशन नगरे पार्टी कमजोर हुन्छ भन्दै कोइरालाले भने, ‘२०७६ फागुन १४ गतेभित्रै पार्टीको महाअधिवेशन सम्पन्न गरिसक्नु पर्दछ ।’
देश संघियतामा गइसकेको अवस्थामा पार्टी पुरानै पद्धतिले चल्न नसक्ने भन्दै उनले, ‘देश संघीयतामा गएपछि प्रदेश र स्थानीय तह बनेको छ। पार्टीको विधान पनि सोहीअनुसार परिमार्जन भइरहेको छ त्यसैले समयमै महाधिवेशनको आवश्यकता छ जसले गर्दा पार्टी अझ सशक्त बन्न सक्दछ ।
उनले लोकतान्त्रिक फेरमसँगको एकीकरणका कारण पार्टीका पदाधिकारीबीच पनि अन्योल देखिएकोले समाधानको लागि उपयुक्त विकल्प भनेको जतिसक्दो छिटो महाअधिवेशन सम्पन्न गर्नु रहेको बताए ।