१० बैशाख २०८३, बिहीबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले सभामुख पदमा मनोनयन दर्ता गराएका छन् ।
उनको प्रस्तावकमा प्रतिनिधि सभा सदस्य समेत रहेका पार्टी सभापति रवि लामिछाने छन् । समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छन् ।


सभामुखको निर्वाचन आइतबार हुँदैछ ।
संघीय संसद सचिवालयले शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदको उम्मेदवारी दर्ताको समय तोकेको छ । शुक्रबार २ : ३० बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ ।