१० बैशाख २०८३, बिहीबार
सभामुखका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल डीपी निर्विरोध निर्वाचित भएका छन् । आज सभामुखको उम्मेदवारी दर्ताको समय दिउँसो २ बजेसम्म थियो । सभामुखमा उनको मात्र उम्मेदवारी परेको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले एक जनाको मात्र उम्मेदवारी परेको जानकारी दिए ।
अब आइतबार बस्ने प्रतिनिधिसभाको बैठकले अर्याललाई औपचारिक रूपमा सभामुखमा निर्वाचित गर्नेछ । प्रतिनिधिसभामा रास्वपाको १८२ सिट भएकाले रास्वपाबाटै सभामुख निर्वाचित हुने पक्का थियो ।


सभामुखलाई तथस्ट पदका रूपमा लिइन्छ । जसअनुसार सभामुख निर्वाचित भएपछि सो व्यक्तिले आफू आबद्ध दल त्याग्ने प्रचलन छ । त्यसैले सभामुखका सकेसम्म सर्वसम्मत निर्णय हुँदै आएको छ ।
प्रतिनिधिसभाको अंक गणितलाई हेरेर पनि अन्य दलहरूले सभामुखमा उम्मेदवारी नदिएका हुन् । यसअघि एमालेले गुरु बराललाई उम्मेदवार बनाउने चर्चा थियो । तर, अन्तिममा एमालेले पनि उम्मेदवारी दर्ता गरेन ।
ल्अभिि
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै अर्यालले आफूले जिम्मेवारी पाएमा संविधान र कानुनअनुसार कर्तव्य पूरा गर्ने बताएका थिए । अर्याल काठमाडैं ९ बाट निर्वाचित भएका हुन् । उनी अघिल्लो प्रतिनिधिसभामा समानुपातिक सांसद थिए । उनी यसअघि श्रममन्त्री भएका थिए ।