१० बैशाख २०८३, बिहीबार
प्रहरीले गोली हानेर काठमाडौंबाट दुईजना भारतीय नागरिकलाई लागु औषधसहित पक्राउ गरेको छ ।
काठमाडौंको गौशाला(पिंगलास्थान क्षेत्रबाट उनीहरू पक्राउ परेका लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।


‘पक्राउ परेकामध्ये भारत बिहार घर भएका करिब ३२ वर्षीय अनिलकुमार पासवानलाई गोली लागेको छ,’ एसपी रेग्मीले भने, ‘खुट्टाको घुँडामा गोली लागेका उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। अर्का एकजना सकुशल छन्।’
उनीहरूलाई पक्राउ गर्न एसपी रेग्मी आफै खटिएका थिए।
एक किलो ब्राउन सुगरसहित प्रहरीले उनीहरू सवार एउटा गाडीसमेत नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।