१० बैशाख २०८३, बिहीबार
परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका निम्ति स्वीट्जरल्यान्डकी राजदूत डा. डेनियल मेउलीले शिष्टाचार भेट गरेकी छन् । मंगलबार (चैत २४) सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटमा राजदूत मेउलीले स्वीस विदेशमन्त्री इग्नाजियो क्यासिसले खनाल नेपालको परराष्ट्रमन्त्री नियुक्त भएकामा पठाएको बधाई तथा शुभकामना सन्देश सुनाएकी थिइन् ।


त्यसक्रममा उनीहरूले नेपाल र स्वीट्जरल्यान्डबीचको लामो समयदेखिको मित्रता र सहयोगलाई अझ प्रगाढ बनाउने विषयमा विचार आदानप्रदान गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।