नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ

होमल्याण्ड खबर

२०८२ चैत्र २४ गते, मंगलवार १६:४५ मा प्रकाशित

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा लीलाकुमारी भण्डारीले औपचारिक शपथ ग्रहण गरेकी छन्।

राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

उपाध्यक्ष पदका लागि एमालेको तर्फबाट उम्मेदवार पेश गरिएको र सबै दलबीच सहमतिपछि भण्डारीलाई उपाध्यक्षको रूपमा चयन गरिएको थियो।