पूर्वसभामुख कृष्णबहादुर महराका बाबु-छोरा विरुद्ध नै मुद्दा दर्ता

होमल्याण्ड खबर

२०८२ चैत्र २६ गते, बिहीबार १५:५३ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट ९भेप० मा लुकाएर सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा तथा सहसचिव अरुण पोखरेल सहित २५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले बिहीबार विशेष अदालत काठमाडौं मा मुद्दा दायर गर्दै उनीहरूविरुद्ध करिब साढे ७ करोड रुपैयाँ बिगो कायम गरेको जनाएको छ।

अख्तियारका अनुसार चिनियाँ तस्कर समूहसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गरिएको आरोपमा उक्त मुद्दा दायर गरिएको हो। २०७९ पुसमा भित्र्याइएको सुन पास गराउन महरासहितका व्यक्तिले भूमिका खेलेको आयोगको दाबी छ।