३० कार्तिक २०८१, शुक्रबार
टीकापुर घटनाका आरोपी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीले सांसदका रुपमा सपथग्रहण गरेका छन् ।
बिहिबार दिउँसो ३ बजे सिंहदरबारस्थित कृषि समितिको बैठक हलमा सभामुख कृष्णबहादुर महराले चौधरीलाई सपथग्रहण गगराएका हुन् ।
उनले थारु भाषामा शपथ लिएका छन् भने सपथकामा उनकी श्रीमती रञ्जिता श्रेष्ठ र छोराको समेतउपस्थित थियो।
शपथपछि सभामुख महराले उनलाई माला लगाइदिए भने राजपाका नेताहरुले खादा लगाइदिएका थिए।
बिहीबार बिहान साढे ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको भए पनि चौधरी आउन ढिला हुने र संसद् मध्यान्ह बस्ने भएछि ३ बजेलाई शपथ कार्यक्रम सारिएको थियो।