११ बैशाख २०८३, शुक्रबार
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई मन्त्रालय तानेर जगेडामा राखिएको छ । बिहीबार उनलाई जिम्मेवारीबाट हटाउँदै अर्थ मन्त्रालय तानिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
स्रोतका अनुसार हाल अनुसन्धान चलिरहेको एक कम्पनीको मुद्दामा उनकी श्रीमतीको नाममा पनि सेयर देखेपछि स्वार्थको द्वन्द्व हुने देखिएर उनलाई जिम्मेवारी मुक्त गरिएको हो ।

