एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी ऐन महरलाई

होमल्याण्ड खबर

२०८३ बैशाख ११ गते, शुक्रबार १५:५४ मा प्रकाशित

नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी प्राप्त संसद् ऐन महरलाई दिएको छ ।

एमाले केन्द्रीय सदस्य तथा बझाङबाट प्रतिनिधिसभा सदस्यमा जिते महरलाई एमाले संसददिय दलका नेता रामबहादुर थापा बादलले जिम्मेवारी सहितको पत्र दिएका हुन ।

फाल्गुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा अन्तिम समयमा मात्र महरको टिकट फाइनल भएको थियो । सोही क्षेत्रका एमाले नेता अखिलाल ओखाडाको टिकट परिवर्तन गरी महर लाई टिकट पाएका थिए ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्वियुको अध्यक्ष हुँदै केन्द्रीय राजनीतिमा आएका महर एमालेमा ओली निकट युवाका रूपमा चिनिन्छ ।