१३ बैशाख २०८३, आईतवार
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा वैशाखको अन्तिम सातामा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
हालसम्म उत्तरपुस्तिका परीक्षणको काम लगभग सकिएको र परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डले जानकारी दिएको छ ।


गत चैत १८ गतेदेखि २९ गतेसम्म एसईई परीक्षा सञ्चालन भएको थियो, जहाँ ५ लाख १२ हजार ४२१ विद्यार्थीले परीक्षा दिएका थिए । विगतमा एसईईको नतिजा आउन ३ महिना लाग्ने गर्थ्यो । यस पटक भने १ महिनामा नै नतिजा सार्वजनिक हुने भएको हो ।