सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त गर्ने सरकारको निर्णय

होमल्याण्ड खबर

२०८३ बैशाख १४ गते, सोमबार १५:५० मा प्रकाशित

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

वैशाख १९ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यसैगरी सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारीक कारोवार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने समेत मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।