सरकारलाई विपक्षी दलको ध्यानाकर्षण पत्र

होमल्याण्ड खबर

२०८३ बैशाख १७ गते, बिहीबार १३:३९ मा प्रकाशित

प्रतिनिधि सभाका विपक्षी दलहरूले सरकारलाई ९ बुँदे ध्यानाकर्षण गराएका छन्।

आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतकको संयुक्त बैठकले सुकुम्वासी समस्या, महंगी नियन्त्रणलगायतको विषयमा ध्यानाकर्षण गराएको हो।

बैठकले देशका विभिन्न स्थानमा सुकुम्वासी र अव्यवस्थित बसोबासी नागरिकको छानबिन, लगत सङ्कलन र पहिचान तथा वैकल्पिक आवासको व्यवस्था नगरी डोजर चलाएकोप्रति आपत्ति जनाएको छ। बैठकले सरकारको यस्तै रवैया तत्काल रोक्न माग गरेको छ।

बैठकले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको भन्दै तत्काल महँगी र कालोबजारी नियन्त्रण गरी सुपथ मूल्यका पसल सञ्चालन गर्न माग गरेको छ।